‘यायावर’ गीति क्यासेट बजारमा

काठमाडौँ, २ वैशाख – साहित्यकार वसन्त थाम्सुहाङले रचना गर्नुभएको ‘यायावर’ गीति क्यासेट आजदेखि बजारमा आएको छ ।उक्त क्यासेटमा ‘न मर्नु न बाँच्नु’, ‘प्रणयका यी पलहरु’, ‘किन आज’, ‘आफ्नै मुहार’, ‘नसोध साथी’लगायत गीतमा विभिन्न कलाकारले स्वर तथा संगीत दिनुभएको छ । वरिष्ठ संगीतकार अम्बर गुरुङ, शान्ति ठटाल, पारस मुकारुङले संग्रह गरेका संगीतलाई पनि समावेश गरिएको छ ।वरिष्ठ गीतकार रत्नशम्शरे थापाले क्यासेटको विमोचन गर्दै गीतमा छन्द, लय र भावको सन्तुलन मिलाउनुपर्ने हुँदा यो लेखन क्षेत्र कठिन रहेको बताउनुभयो । उहाँले गीतलाई गम्भीर भएर सुन्ने र त्यसको विश्लेषण गर्ने स्रोताको खाँचो रहेको बताउनुभयो ।गीतकार दिनेश अधिकारी पछिल्लो समयमा नयाँ पुस्ताको नेपाली सुगम गीत तथा संगीतका क्षेत्रमा प्रवेश भएकाले त्यसको राम्रो विकास तथा व्यावसायिक बन्दै गएको विचार व्यक्त गर्नुभयो ।प्राज्ञ श्रवण मुकारुङले क्यासेटमा स्वदेशी मौलिकता र सामाजिक विषयवस्तुलाई समेटिएका गीति भावना रहेको हुँदा लोकप्रिय बन्ने विश्वास व्यक्त गर्नुभयो ।तस्वीरः भिषण मुकारुङ राईको फेसबूकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?