काठमाडौं। इंग्लिश प्रिमियर लिगअन्तर्गत शुक्रवार राति खेलिएको खेलमा न्युक्यासल युनाइटेड र लिड्स युनाइटेडले १-१ गोलको बराबरी खेल खेलेका छन्।
न्युक्यासलको घरेलु मैदान सेन्ट जेम्स पार्कमा खेलिएको खेलमा पाहुना टोली लिड्सले पहिलो हाफको १३औं मिनेटमा नै अग्रता लिएको थियो। लिड्सका लागि ब्राजिलियन फरवार्ड राफिन्हाले गोल गरेका थिए।
पहिलो हाफको अन्तिम मिनेटमा न्युक्यासल खेलमा फर्किएको थियो। घरेलु टोलीका लागि स्टार फरवार्ड एलन सेन्ट म्याक्सिममले खेलको ४४औं मिनेटमा बराबरी गोल गर्न सफल भएका थिए।
दोस्रो हाफमा पाहुना टोली लिड्सले निकै नै शानदार खेल प्रस्तुत गरेपनि निर्णायक गोल भने गर्न सकेन। घरेलु टोली न्युक्यासलले पनि खेलमा अर्को गोल गर्न नसक्दा खेल बराबरीमा अन्त्य भएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया