वासिंगटन, ३ बैशाख । अमेरिकी संघीय अनुसन्धान निकाय (एफबीआई) का पूर्व निर्देशक जेम्स कोमीले महिलालाई अपमान गर्ने डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति बन्न नैतिक रुपमा पनि अयोग्य रहेको बताएका छन् । एबीसी न्यूजलाई दिएको एउटा अन्तर्वार्तामा उनले रुससँग ट्रम्पलाई तर्साउन प्रयोग गर्न मिल्ने सामाग्री भएको हुनसक्ने बताए । उनले राष्ट्रपति ट्रम्पले न्यायलाई अवरोध गरिरहेको केही प्रमाण रहेको उल्लेख गरेका छन् । कोमीले ट्रम्प राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न मानसिक रुपमा अयोग्य नभए पनि निरन्तरको झुठोपन र महिलाबारेका धारणाले राष्ट्रपति बन्न अयोग्य रहेको प्रमाणित भएको उनको भनाई थियो । अघिल्लो वर्ष ट्रम्पले पदबाट बर्खास्त गरेपछि दिएको पहिलो टेलिभिजन अन्तर्वार्तामा कोमीले ट्रम्पका लागि साँचो कुराले खासै महत्व नराख्ने टिप्पणी गरे । ट्रम्प र कोमीबीच लामो समय यता द्वन्द्व चलिरहेको छ । कोमीले आफ्नो आत्मकथा प्रकाशनमा ल्याउन लागेपछि दुई बीचको विवाद अझ चुलिएको छ । एफबीआइका पूर्व प्रमुख हाल आफ्नो पुस्तकको प्रचार प्रसारमा व्यस्त छन् । ट्रम्पले ‘नराम्ररी समीक्षा गरिएको पुस्तक’ ले ठूला सवालहरू खडा गर्ने भन्दै कोमीलाई थुनामा राखिनुपर्ने पनि धारणा राखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया