लक्ष्मी बैंकले ल्यायो क्यास ब्याक अफर

काठमाडौँ – नयाँ वर्ष २०७५ को अवसरमा लक्ष्मी बैंकले आफ्नो भिजा कार्ड प्रयोगकर्ताका लागि क्यास ब्याक आफर सञ्चालनमा ल्याएको छ ।जस अन्तर्गत लक्ष्मी बैंकबाट भिजा कार्ड लिएका सबै ग्राहकहरुले नेपाल तथा भारतमा कार्ड मार्फत अनलाइन÷पीओएसबाट जुनसुकै किसिमको खरिदमा १० प्रतिशत वा रु. १००० सम्म रकम पुनः फिर्ता हुने क्यास ब्याकको व्यवस्था गरिएको बैंकले जनाएको छ । यो व्यवस्था अप्रिल १५ देखि मे १५, २०१८ सम्म कम्तिमा ३ पटकसम्म कार्ड प्रयोग गर्ने ग्राहकहरुले यो सुबिधा प्राप्त गर्न सक्नेछन् ।यसका साथै बैकले यस अवधिभर खोलिने नयाँ खाताहरुमा इबैंकिङ प्याकेज अन्तर्गत रु. १००० सम्मको बैकिङ्ग सेवाहरु जस्तैः भिजा डेबिट कार्ड,मोबाइल मनि र इन्टरनेट बैकिङ्ग सेवा निःशुल्क उपलब्ध गराइ रहेको समेत जानकारी दिएको छ ।यस्ता सुबिधाले ग्राहकलाई सहुलियत दिनुका साथै नगद रहित डिजिटल पेमेन्टलाई समेत प्रवर्धन गर्ने बैंकले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?