शुल्क बृद्धिको विरोधमा संयुक्त विद्यार्थीद्वारा आन्दोलनको घोषणा

काठमाडौं– निजी विद्यालयहरुले गरेको शुल्क बृद्धि फिर्ता नगरेकोे भन्दै संयुक्त विद्यार्थी संगठनले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । सोमबार नेविसंघ केन्द्रीय कार्यालयमा बसेको संयुक्त बिद्यार्थी संगठनको बैठकले निजी बिद्यालयहरुले गरेको शुल्क वृद्धि,सरकार र बिद्यार्थीबीच बारम्बार भएका सहमतिबिरुद्ध भएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । विद्यार्थीहरुले नीजि विद्यालयले मनोमानी रुपमा सहमतिविपरित शुल्क बृद्धि गर्दा पनि सरकार मौन रहेकोमा आपत्ति समेत जनाएका छन् । विद्यार्थीहरुले बढेको शुल्क तत्काल फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । सोमबारको बैठकले तत्कालका लागि बैशाख ४ गते प्रधानमन्त्रीलाई शुल्क निर्धारण निर्देशिका कार्यान्वयनका लागि ७२ घण्टे अल्टिमेटम सहित ज्ञापन पत्र बुझाउने र बैशाख ५ गते पद्मोदय स्कुलमा सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने निर्णय गरेको नेविसंघका अध्यक्ष नैनसिंह महरले जानकारी दिए । बैठकमा नेविसंघका अध्यक्ष नैन सिंह महर, अखिलका अध्यक्ष नविना लामा, अखिल क्रान्तिकारीका अध्यक्ष रंजित तामाङ लगाएत ९ बिद्यार्थी संगठनको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?