आजको मौसम : गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

लोकपथ
147
Shares

काठमाडौं । आज देशभर सामान्य बदली रहनेछ ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका केही स्थानहरुमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशहरूका एक, दुइ स्थानहरुमा भारी बर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।

हाल भारतको पूर्वी राजस्थान तथा पश्चिम मध्य प्रदेशको आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव रहेको महाशाखाको भनाई छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा हल्का तल रहेको महाशाखाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?