काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र सानिमा बैंक लिमिटेडले लाभांश घोषणा गरेका छन् ।
माछापुच्छ्रे बैंकले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७७/८८ को मुनाफाबाट १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकको हिजो (बुधबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को खुद मुनाफाबाट सेयरधनीहरुलाई १४ प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको हो । जसमा १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) छन्।
त्यसैगरी, सानिमा बैंक लिमिटेडले १७.८९४७ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा १७ प्रतिशत बोनस र ०.८९४७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ ।
सानिमा बैंकको हिजो बुधबार साँझ बसेको संचालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो ।
दुवै बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया