माछापुच्छ्रे बैंकले घोषणा गर्‍यो १४ प्रतिशत लाभांश

लोकपथ
56
Shares

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ।

बैंकले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७७र८८ को मुनाफाबाट १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको हिजो (बुधबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७र७८ को खुद मुनाफाबाट सेयरधनीहरुलाई १४ प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको हो ।

जसमा १३.३० प्रतिशत बोनस सेयर र ०।७० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) छन्।

त्यसैगरी, सानिमा बैंक लिमिटेडले १७.८९४७ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा १७ प्रतिशत बोनस र ०।८९४७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?