चीनको पहिलो तीन महिनाको आर्थिक वृद्धि अपेक्षाभन्दा बढी

बेइजिङ, ४ बैशाख । चीनमा यसवर्षको जनवरीदेखि मार्च महिनासम्ममा पूर्वानुमान गरिए भन्दा केही बढी अर्थात् ६ दशमलब ८ प्रतिशतको आर्थिक वृद्धि भएको देखिएको छ । यो अघिल्लो वर्षको पहिलो तीन महिनाको भन्दा बढी वृद्धि हो । हालको कूल गाह्रस्थ उत्पादन सम्बन्धी आँकडाहरू पनि बेइजिङको लगभग ६ दशमलब ५ प्रतिशतको वृद्धिको लक्ष्य भन्दा बढी रहेको छ । तथ्यांकहरूले विश्वको दोस्रो ठूलो अर्थतन्त्रलाई बलियो उपभोक्ता मागले साथ दिइरहेको देखाएको छ । चीनको सरकार बढ्दो ऋणलाई नियन्त्रण गर्ने र वृद्धिलाई बाधा नपुग्ने गरी घर जग्गा व्यवसायमा बढेको उच्च मागलाई सम्बोधन गर्ने प्रयास गरिरहेको छ । सिंगापुरस्थित नोर्डिआ बैंकका अर्थविद् एमी झुहाङले पहिलो चौमासिकको वृद्धिदरलाई ‘ठोस उपलब्धि’ भन्दै घर जग्गा व्यवसायका कारण पछिल्लो सकारात्मक अवस्था विस्तारै कमजोर हुनसक्ने उल्लेख गरिन् । आफ्नो प्रमुख व्यापारिक साझेदार अमेरिकासँग निर्यातको विषयलाई लिएर चुलिदो तनावका माझ चिनियाँ अर्थतन्त्रको पछिल्लो आँकडा आएको हो । अमेरिकाले प्रस्ताव गरेका कर वृद्धिका कारण सन् २०१८ मा चिनियाँ अर्थतन्त्रमा कस्तो प्रभाव पर्नेछ भनेर नजिकबाट नियालिने विश्लेषकहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?