चिकित्सा र इन्जिनियरिङ तयारी कक्षाका विद्यार्थीलाई एपेक्स एजुकेसनले छात्रवृत्ति दिने

लोकपथ
98
Shares

काठमाडौं । एपेक्स एजुकेसन एकेडमीले चिकित्सा शिक्षा तथा इन्जिनियरिङतर्फको तयारी कक्षामा सहभागी हुने कोरोना प्रभावित विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ ।

कोरोना प्रभवितका साथै नेपाल सरकारले निर्धारण गरेको आरक्षित समूहलाई पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० प्रतिशत छात्रवृत्ति पाउने एपेक्स एजुकेसन एकेडेमीका अध्यक्ष हरिप्रसाद पौडेलले जानकारी दिए ।

No description available.

प्रत्येक प्रदेशबाट ७ जना गरी ४९ जनालाई पूर्ण निशुल्क छात्रवृत्ति प्रदान गरिने भएको छ । एपेक्सले अन्य विद्यार्थीलाई ५० प्रतिशत छुट दिने बताएको छ ।

पूर्ण निशुल्क छात्रवृत्तिका लागि सम्बन्धित विद्यार्थीको कोरोना पोजेटिभ सक्कल प्रमाणपत्र, सरकारी वा निजी विद्यालयबाट कक्षा ११ वा ३ वर्षीय डिप्लोमा (CTEVT) कोर्ष उत्तिर्ण गरेको नेपाली नागरिक हुनु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?