झण्डै ६ महिनापछि खुले उपत्यकाका विद्यालय (फोटोफिचर)

काठमाडौं । कोरोनाभाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौं उपत्यकाका विद्यालयहरु खुल्न थालेका छन् ।

जिल्ला प्रशासन कार्यालयहरुले स्थानीय निकायको अनुमतिमा विद्यालय खोल्न सकिने निर्णय गरेसँगै काठमाडौं उपत्यकाका निजी तथा सरकारी विद्यालयहरु धमाधम खुल्न थालेका हुन् ।

विद्यालयहरुले आवश्यक स्वास्थ्य मापदण्ड अपनाउँदै विद्यालय संचालन गरिरहेका छन् । यसअघि अनलाइनमार्फत अध्ययन अध्यापन गरिँदै आएकोमा अहिले भौतिक उपस्थितीमै कक्षा संचालन गर्न थालेका छन् । नयाँ वर्ष शुरु भएको ६ महिना बित्न लाग्दा आंशिक मात्रामा पठनपाठन सुरु गरिएको छ । यद्यपि कतिपय अभिभावकहरुले अब दशैं तिहारपछि मात्रै कक्षा संचालन गर्न आग्रह गरिरहेका छन् ।

संचालनमा आएका केही विद्यालयहरुमा भईरहेको पठनपाठनको गतिविधिलाई हामीले क्यामेरामा कैद गरेका छौं ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?