काठमाडौं । ल्यान्डिङ गियरमा समस्या भएका कारण काठमाडौंबाट विराटनगरतर्फ उडेको बुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौं फर्किएर सुरक्षित अवतरण गरेकाे छ ।
उक्त विमान विराटनगर विमानस्थलको रनवेमा अवतरण हुनै लाग्दा विमानको पाङ्ग्रा नखुलेपछि आकाशमै फर्किएको थियो ।
विमान विराटनगर विमानस्थलबाट काठमाडौं फर्किएको थियो ।
काठमाडौंको आकाशमा निकै बेर होल्ड भएको उक्त विमान अहिले त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए ।
विमानमा बालबालिकासहित ७३ जना यात्रु सवार थिए ।
भिडियो : सामाजिक सञ्जाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया