काठमाडौं, ५ वैशाख । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको बुधबार सेयरमूल्य समायोजन भएको छ । कम्पनीले जारी गर्न लागेको ४० प्रतिशत हकप्रदलाई समायोजन गरि नेप्सेले नयाँ मूल्य निर्धारण गरेको हो ।नेप्सेका अनुसार ४० प्रतिशत हकप्रदपछि इन्स्योरेन्सको प्रतिकित्ता सेयरमूल्य ७०७ रुपैयाँ कायम भएको छ । यहि मूल्यलाई आधार मानेर बुधबार सेयर कारोबार सुचारु भएको छ ।कम्पनीको १८० दिनको सेयर कारोबार मूल्यका आधारमा औसत आधारमूल्य ८७४ रुपैयाँ निर्धारण गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया