काठमाडौं, ५ वैशाख । त्रिपुरा–भारतको त्रिपुरा राज्यका नयाँ मुख्यमन्त्री विम्लव कुमार देबले इन्टरनेटको अविष्कारले महाभारत कालमा भएको बताएका छन् ।उनले महाभारत कालमा इहाँ महाभारत कालमै धृतराष्ट्रलाई युद्धमा के भइरहेको छ संजयलॏक कार्यशालालाई सम्बोधन गर्दै बिप्लबदेवले भने “यो त्यो देश हो जहाँ महाभारत कालमै धृतराष्ट्रलाई युद्धमा के भइरहेको छ संजयले कोठामै बसेर बताएका थिए । यसको मतलब के हो ? त्यो समयमा प्रविधि थियो, इन्टरनेट थियो, स्याटेलाईट थियो । संजयको आँखाले त्यसैले त्यो सब देख्यो ।”त्रिपुराका मुख्यमन्त्री बिप्लब कुमार देबले यो कुरा इन्टरनेट पश्चिमी देशले नभएर भारतले गरेको भन्नलाई भनेका थिए ।उनले भने ,“यसको मतलब यो हो कि त्यो समय प्रविधि थियो । बीचमा के भयो, के भएन, धेरै कुरा बदलियो तर त्यो समय यो देशमा प्रविधि थियो । यो काम तपाईहरुले पहिला गर्नु भएको होइन । लाखौं वर्ष पहिले यसको आविष्कार भइसकेको थियो ।”सामाजिक सञ्जालमा मुख्यमन्त्रीको यो भनाईको व्यङ्ग्य गरिएको छ । एक फेसबुक प्रयोगकर्ताले यसलाई यो शताब्दीको ब्रेकिङ्ग न्यूज बताए । इबे गुना नामक उक्त प्रयोगकर्ताले लेखेका छन् “शताब्दीको ब्रेकिङ्ग न्यूज यो हो, ‘इन्टरनेट र स्याटेलाईटको आविष्कार हालसालै भएको होइन । यो लाखौं वर्ष पहिले महाभारतको समयमा अस्तित्वमा थियो ः त्रिपुराका नयाँ मुख्यमन्त्री बिप्लब कुमार देब’ ।”एक अन्य प्रयोगकर्ता फरीद उवाचले लेखेको छन् “महाभारत कालमा इन्टरनेट थियो , यसको पुष्टि त्रिपुराका मुख्यमन्त्री बिप्लब देबले गरेका छन् ।”बिप्लब कुमार देब अघिल्लो महिना त्रिपुराको मुख्यमन्त्री बनेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया