काठमाडौं । रिज लाइन इनर्जीले २० करोड ८२ लाख रुपैयाँबराबरको साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले सेयर निष्काशनका लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।
बिक्री प्रबन्धकसम्बन्धी सम्झौतापत्रमा कम्पनीका तर्फबाट बसन्त गिरी र प्रभु क्यापिटलबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन्।
कम्पनीले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्नेछ । कम्पनीले अधिकृत तथा जारी पुँजीको ३० प्रतिशतले हुन आउने २० करोड ८२ लाख ८७ हजार रकमबराबरको २० लाख ८२ हजार ८ सय ७० कित्ता सेयर निष्काशन गर्न लागेको हो।
कम्पनीले गोरखाको अजिरकोट-२ चेपेनदीमा ९.०५ मेगावाट क्षमताको सुपर चेपे हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया