सेयर बजारमा निरन्तर पहिरो, ७०.०१ अंकले घट्यो नेप्से

लोकपथ
105
Shares

काठमाडौं । साताको तेस्रो दिन आज (मंगलबार) पनि सेयर बजारले ओरालो यात्रा तय गरेको छ । अघिल्लो साता केहि सुधार देखिएको बजार यो साता निरन्तर ओरालो लागिरहेको छ । सेयर बजारले निरन्तर ओरालो यात्रा तय गरेसँगै लगानीकर्ताहरु दुबिधामा परेका छन् ।

लाभांश घोषणाको सिजनमा पनि बजार बढ्न नसक्दा लगानीकर्ताहरुमा दुबिधा उत्पन्न भएको हो । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ल्याएको सेयर धितो कर्जाको सीमा, तरलता र ब्याजदर बढ्नु लगायतका कारण पछिल्लो सेयर बजारमा निरन्तर गिरावट आइरहेको छ ।

कतिपय जानकार तथा सरोकारवाला व्यक्तिहरु दशैँअघि बजारले गति नलिने आकलन गरिरहेका छन् । नेपालीहरु माहान चाड बडादशैँ नजिकिएको छ । अब दशैँअघि ८ दिन मात्र बजार खुल्नेछ । त्यसैले दशैँअघि बजारले गति लिने सम्भावना न्यून रहेको जानकारहरु बताउँछन् ।

आइतबार ६१.२६ अंकले घटेको बजार सोमबार ७३.०५ अंकले घट्यो । आज मंगलबार पनि सेयर बजारको पहिरो रोकिएको छैन । आज सेयर कारोबार मापक नेप्से परिसूचक ७०.०१ अंकले घटेर २६१५.४० अंकमा पुगेको छ ।

आज नेप्से २.६१ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि ११.४२ अंकले घटेर ४९४.९१ बिन्दुमा पुगेको छ ।

आज कुल २१८ कम्पनीको १ करोड ३० लाख ३४ हजार ८२८ कित्ता सेयर खरिदबिक्री गर्दा ५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार १७९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज कुल १३ उपसमूहमा १३ वटै उपसमूहको सेयरमूल्य घटेको छ । आज फाइनान्स समूहका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यो समूहको सेयरमूल्य ७.३७ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?