काठमाडौं । साताको चौथो कारोबार दिन आज (बुधबार) भने सेयर बजारले उकालो यात्रा तय गरेको छ । साताको तिनै दिन घटेको बजार बढ्दा लगानीकर्तालाई केहि राहत मिलेको छ । आज व्यापक उतारचढावका बीच बजारले उकालो यात्रा तय गरेको हो ।
लाभांश घोषणाको सिजनमा पनि बजार बढ्न नसक्दा लगानीकर्ताहरुमा दुबिधामा परेका छन् । आज बजार बढ्दा लगानीकर्ताले केहि राहत महसुस गरेका छन् ।
आज सेयर कारोबार मापक नेप्से परिसूचक ५०.५८ अंकले बढेर २६६५.९३ अंकमा पुगेको छ ।
आज नेप्से १.९३ प्रतिशतले बढेको हो । त्यस्तै, सेन्सेटिभ परिसूचक पनि ८.५८ अंकले बढेर ५०३.४६ बिन्दुमा पुगेको छ ।
आज कुल २२९ कम्पनीको ९८ लाख ९४ हजार ४७८ कित्ता सेयर मात्र खरिदबिक्री भएको छ । यसरी हेर्दा लगानीकर्ताहरु होल्ड भएको देखिन्छ । आज ५ अर्ब २ करोड ८५ लाख ५५ हजार ९२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज कुल १३ उपसमूहमा १३ वटै उपसमूहको सेयर मूल्य बढेको छ । आज फाइनान्स र हाइड्रोपावर समूहको सेयर मूल्य सर्वाधिक बढेको छ ।
आज २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । अपि पावर कम्पनी र ग्रीन डेभलपमेन्ट बैंक १० प्रतिशतले बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया