काठमाडौं । गरिमा विकास बैंक लिमिटेडका ग्राहकलाई ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’मा कपाल प्रत्यारोपण गर्दा ४० प्रतिशतसम्मको छुट पाउने भएका छन् ।
बैंकले काठमाडौंको विशालनगरमा रहेको ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’सँग उनीहरुले प्रदान गर्ने विभिन्न सेवासुविधामा आर्कषक छुटको लागि सम्झौता गरेको छ ।
बैंकले जारी गरेको विज्ञप्ति अनुसार गरिमा विकास बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोगकर्ताहरुले ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’को सेवा सुविधामा विभिन्न स्कीमसहित छुट योजना सार्वजनिक गरेको हो ।
यस्तो छ छुटको स्कीम
१. हेयर ट्रान्सप्लान्ट : २५ देखि ४० प्रतिशतसम्मको छुट
२. स्किन एण्ड लेजर ट्रिटमेन्ट : ३० प्रतिशतसम्मको छुट
३. हेयर फल ट्रिटमेन्ट : २५ प्रतिशतसम्मको छुट
४. डेन्टल ट्रिटमेन्ट : २० प्रतिशतसम्मको छुट
५. ल्याब ईन्भेस्टिगेसन : १५ प्रतिशतसम्मको छुट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया