प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा हुने

लोकपथ
189
Shares

काठमाडौं । आज देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल भारतको झारखण्ड र आसपास बनेको न्यून चापिय क्षेत्रको, नेपालमा सामान्य प्रभाव परेको छ ।

मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको महाशाखाले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?