काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीवार (आज) का लागि विभिन्न देशको मुद्राको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ३४ पैसा, बिक्रीदर ११८ रुपैयाँ ९४ पैसा रहेको छ ।
त्यसैगरी, यूरोपियन यूरो एकको खरिददर १३७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६५ पैसा रहेको छ । साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७१ पैसा कायम भइ कारोबार भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार कतारी रियल एकको खरिददर ३२ रुपैयाँ ५० पैसा, बिक्रीदर ३२ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । त्यस्तै मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २८ पैसा र बिक्रीदर २८ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया