सिभिल लघुवित्तद्वारा लाभांश घोषणा, बोनस कति ?

लोकपथ
49
Shares

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।

संस्थाको बुधबार बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार गत आर्थिक वर्ष २०७७/७८ सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल २० प्रतिशतले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। जसमा १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन् ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात कार्यान्वयनमा आउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?