काठमाडौं । सरकारले तत्काल संसदको चालू अधिवेशन अन्त्य नगर्ने स्पष्ट पारेको छ ।
हाल संसद निरन्तर चल्नुपर्ने आवश्यक्ता रहेको बताउँदै कानुनमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले सो कुरा स्पष्ट पारेका हुन् ।
बिहीबार (आज) बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै प्रवक्ता कार्कीले अहिले त्यसतर्फ सरकारले नसोचेको बताए ।
प्रतिनिधि सभा निर्वाध रुपमा चल्न पर्छ पनि भन्नुहुन्छ । तर संसद अधिवेशन अन्त्य गर्ने तयारीमा पनि हुनुहुन्छ भन्ने आइरहेको छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा कार्कीले भने– ‘तपाईलाई कस्ले भन्यो ? अहिले त्यता तर्फ हामीले सोचेका छैनौ । तर संसदलाई निर्वाध रुपले र मर्यादित रुपले अगाडी बढाउनु पर्ने आवश्यक्ता रहेको छ ।’
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभामा अवरोध गरिरहेका कारण सरकारले संसद अधिवेशन अन्त्य गर्न लागेको चर्चा चलिरहेको छ ।
गत भदौ २३ गतेबाट प्रतिनिधि सभाको नवौँ अधिवेशन सुरु भएको हो । विभिन्न मागहरु राखेर एमालेले निरन्तर संसदमा नाराबाजीसहित अवरोध खडा गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया