राजपाल यादवलाई चेक बाउन्सको अभियोगमा ६ वर्षको सजाय

मुम्बई – भारतमा सलमान खानपछि अब अर्का बलिउड अभिनेता राजपाल यादव कानूनी मुद्दामा फसेका छन् । चेक बाउन्सको मामलामा कड्कडुबाट ६ महिनाको जेल सजाय सुनाइएको हो । सजाय सुनाउना साथ उनलाई जमानत मञ्जुर गराइएको थियो । यादवलाई सात अलग अलग मामलामा शिकायत परेको थियो । ती सबैका आधारमा उनलाई १ करोड ६० लाखको जरिवाना लगाइएको थियो ।

शुक्रवार राजपाललाई अदालतले यस मामलामा दोषी ठहराएको थियो ।

अभिनेताले वर्ष २०१० मा निर्देशक बनेर फिल्म बनाउन भन्दै पाँच करोड रुपैयाँ लिएका थिए । उनको फिल्म ‘अता पता लापत्ता’ २०१२ मा रिलिज भयो र ठूलो पर्दामा फ्लप भयो । फिल्ममा राजपालका अलावा दारासिंह, असरानी र विक्रम गोखले प्रमुख भूमिका निभाएका थिए ।

यमुनापारको लक्ष्मीनगरस्थित मुरली प्रोजेक्ट प्राइभेट लिमिटेडले रामपाल र अन्यका विरुद्ध चेक बाउन्ससँग जोडिएका सात कुरालाई लिएर छुट्टाछुट्टै शिकायत दर्ता गरेका थिए । उजुरीकर्ताले भनेका छन्, राजपालले अप्रैल २०१० मा फिलम बनाउन भन्दै पैसाको मद्दत मागेका थिए । त्यसपछि ३० मे २०१० मा सम्झौता गरेर पाँच करोड दिएका थिए । राजपाल यादवले शिकायतकर्तालाई ८ करोड दिनुपर्ने थियो । यही लफडामा फसेर उनी जेल बस्नुपरेको हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?