इन्भेष्टमेन्ट बैंकको खुद नाफा १९.३८ प्रतिशतले वृद्धि

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले गत वर्षको खुद नाफा वृद्धिदरलाई कायम राख्दै १९.३८ प्रतिशतले आफ्नो खुद नाफा बढाएको छ । हालसम्म वित्तीय विवरण प्रकाशित गर्ने १२ वाणिज्य बैंकमा इन्भेष्टमेन्ट बैंक खुद नाफाको आधारमा पहिलो वाणिज्य बैंक बनेको छ । 

बैंकले तेस्रोत त्रैमासमा खुद नाफामा १९ प्रतिशतले सुधार गरेर दुई अर्ब ८३ करोड कमाएको छ । साथै बैंकले ९४ प्रतिशतले बढेको व्याजखर्च ३४ प्रतिशतले बढेको कर्मचारी खर्च तथा खराब कर्जमा देखिएको ५३ प्रतिशत बढी नोक्सानी व्यवस्थाको बाबजुत उक्त नाफा आर्जन गरेको हो । 

गत वर्षको तेस्रो त्रैमासमा पनि बैंकले २० प्रतिशतले खुद नाफा दुई अर्ब ३७ करोड नाफा आजर्न गरेको थियो भने यस वर्षको तेस्रो त्रैमासमा गत वर्षको तुलनामा १९.३८ प्रतिशतले खुद नाफा बढाउँदै बैंकले आफ्नो प्रतिको रफ्तारलाई कायम नै राखेको छ । 

बैंकको ब्याज आम्दानी, सञ्चालन मुनाफा तथा वैदेशिक मुद्राको कारोबारको वृद्धि नै उसको खुद नाफामा बढोत्तरीको प्रमुख कारण देखिएको छ । 

यसअवधिमा बैंकको कर्जा निक्षेप अनुपात बढेर ७८ प्रतिशत पुगेको छ भने खराब कर्जा ०.७६, निक्षेप लागत ६.३५, आधार व्याजदर ९.१२, र मूल्य आम्दानी अनुपात १८.७४  प्रतिशत रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?