काठमाडौं । सरकारले सबै खालका सरकारी आर्थिक कारोबार विद्युतीय प्रणालीबाट गर्न सुरु गरेको छ ।
बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारी आर्थिक कारोबार विद्युतीय प्रणालीबाट गर्ने कार्यको शुभरम्भ गरेका हुन् । उनले भने, आर्थिक कारोबारलाई सहज बनाउन सरकारी आर्थिका कारोबार विद्युतीय प्रणालीबाट सुरु गर्ने कार्यको आरम्भ गरेको बताए ।
अब राजस्व संकलनको सबै काम पनि विद्युतीय प्रणालीबाट सुरु हुने घोषणा गर्दै अर्थमन्त्री खतिवडाले भने, विद्युतीय प्रणालीबाट आर्थिक कारोबार गर्न आवश्यक कानून, कार्यविधि र निर्देशिक निर्माणको काममा ढिलाई नहुने स्पष्ट पारे ।
त्यस्तै, विद्युतीय प्रणालीबाट सु्रु गरिएको आर्थिक कारोबारलाई सहज, सरल र व्यवस्थित बनाउन मातहतका निकायलाई पनि निर्देशन दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया