एजेन्सी । नाबालिग बलात्कार गरेको आरोपमा जोभपुरको विशेष अदालतले आसाराम बापूलाई दोषि ठहर गरेको छ ।
अहिले अदालतमा सजायबारे बहस भइरहेको छ । आसाराम बापूलाई कति वर्ष जेल सजाय हुने भन्ने फैसला भने हुन बाँकी छ ।
भारतीय सञ्चारमाध्यमहरुले जनाए अनुसार उनलाई १० वर्षसम्म सजाय हुन सक्ने बताइएको छ ।
२०१३ मा १६ वर्षकी किशोरीको बलात्कार गरेको आरोप छ । ७७ वर्षका आसारामले आफ्नै आश्रममा रहेको किशोरीको बलात्कार गरेका थिए ।
किशोरीका आमाबुबा आसारामका भक्त थिए ।
एक दिन स्कुलमा किशोरी लडेपछि उनका बाबुआमाले उनलाई आश्रममा लिएर गएका थिए । त्यही आश्रममा आसारामले किशोरीलाई बलात्कार गरेको प्रहरीले बताएको छ ।
सन् २०१३ अगष्ट १५ मा बलात्कृत भएकी १६ वर्षीय किशोरीले पाँच दिनपछि प्रहरीमा उजुरी दिएका थिए ।
प्रहरीले आसारामलाई इन्दौरबाट पक्राउ गरेका थिए । उनी अहिले पनि प्रहरी हिरासतमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया