रोकिएन सेयर बजारको पहिरो, ४ अर्बमा खुम्चियो कारोबार

लोकपथ
203
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन आज (आइतबार) सेयर बजारले ओरालो लागेको छ । आज सेयर बजारमा ५५ अंकले घटेको हाे ।

आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ५५.९३ अंकले घटेर २५७७.४९ बिन्दुमा पुगेको छ । आज नेप्से २.१२ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि ११.०७ अंकले घटेर ४८५.९८ बिन्दुमा पुगेको छ ।

आज कुल २३२ कम्पनीको ८९ लाख ४८ हजार ९३७ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ११ करोड ३८ लाख १४ हजार २४६ रुपैयाँको कारोबार भएको छ । पछिल्लो समय कारोबार रकममा पनि भारी गिरावट आएको छ ।

आज कुल १३ उपसमूहमा १३ वटै समूहको सेयरमूल्य घटेको छ । आज फाइनान्स समूहका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?