सेक्सी हुनुको सजाय, मोडलले भनिन्, ‘मेरो स्तनले के समस्या ?’

 एमिली रटकास्की अमेरिकी मोडल  हुन् | उनले  आफू धेरै ‘सेक्सी’ भएका कारण अरु महिलाले सँगै काम गर्न नचाहेको बताएकी छिन् ।

राबिन थिकको विवादित भिडियो ट्रय्याक व्लर्ड लाइन्समा नाचेपछि २६ वर्षकी एमिली चर्चामा आएकी थिइन् । एमिलीले हार्पेर्स बजार अस्ट्रेलियासँग आफूसँग कसैले काम गर्न नचाहेको बताइन् ।

उनले आफू धेरै सेक्सी भएका कारण काम नपाएको बताइन् । एमिलीले यो महिला विरोधी सोचको उपज भएको बताइन् । उनले भनिन्, ‘महिलाहरु मसँग काम गर्न चाहदैनन्, किनकी मेरो स्तन धेरै ठूला छन् ।’

एमिलिले भनिन्,‘मेरो स्तनले के समस्या ? यो महिलाहरुको राम्रो अंग हो, जसका कारण हामी खुसी हुनुपर्ने हो । स्तन ठूलो या सानो हुनलाई किन मुद्दा बनाइन्छ ।’

उनले आफ्नो अंग कामूक हुनु र एक महिलाको रुपमा आफ्नो कामुकता कति प्रदर्शन गर्ने भन्ने स्वतान्त्रता हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?