झापामा औलोको सङ्क्रमण घटेको जिल्ला जनस्वाथ्य कार्यालय झापाले जनाएको छ ।
११ औँ औलो दिवसको अवसर पारेर बुधबार भद्रपुरमा आयोजना गरिएको कार्यक्रममा औलो रोग नियन्त्रण शाखाका भेक्टर कन्ट्रोलर जीवन चौलागाँईले पछिल्ला बर्ष झापामा अाैलाेको सङ्क्रमणमा कमी अाएको जानकारी दिए ।
तीन वर्षअघि जिल्लामा ४२ जना औलोका रोगी रहेका थिए । तर, सो सङ्ख्या घटेर अघिल्लो आर्थिक वर्षमा २२ जनामा झरेको छ । यसै आर्थिक वर्षको वैशाखसम्ममा सो सङ्ख्या अझ घटेर ४ जनामात्र औलोका बिरामी रहेको पाइएको भेक्टर कन्ट्रोलर चौलागाँइको भनाई छ ।
विसं २०२६ सम्ममा नेपाललाई औलोमुक्त बनाउने सरकारको योजनाअनुसार जिल्ला जनस्वास्थ्य कार्यालय निरन्तर लागिरहेकोे उनले दाबी गरे ।
यधपी : जिल्लाका बाहुनडाँगी, काँकडभिट्टा, पृथ्वीनगर र जलथल क्षेत्रका केही ठाउँहरुमा औलो सङ्क्रमित बिरामी भेटिएका छन्। रोगको निदान गर्नका लागि जनस्वास्थ्य कार्यालयले किटनाशक औषधि छर्ने काम गरिरहेको छ ।
औलो प्रभावित क्षेत्रका गर्भवती महिलालाई कार्यालयले यसै आर्थिक वर्षभित्रमा सातसय किटनाशक झुल वितरण गरिसकेको छ ।
औलोको सङ्क्रमण नियन्त्रणका लागि आफूहरुसँग पर्याप्त बजेट नभएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । खुला सिमानाका कारण भारतका विभिन्न क्षेत्रबाट आउने बिरामीका कारण पनि सङ्क्रमण फैलिएकाले झापामा पूर्ण रूपमा अाैलो नियन्त्रण चुनाैती बनिरहेको छ ।
झापाका अाैलो प्रभावित स्थानीय तहका वडामा क्रमशः ९० देखि ७० प्रतिसतसम्मले कमी ल्याउँदै जाने जनस्वास्थ्य कार्यालयको योजना छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया