सुदूरपश्चिममा कोरोना सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुनेको संख्या दोब्बर

लोकपथ
77
Shares

सुदुरपश्चिम । सुदूरपश्चिम प्रदेशमा आइतबार कोरोना सङ्क्रमण हुनेभन्दा सङ्क्रमणमुक्त हुने दोब्बर रहेका छन् । गएको २४ घण्टामा प्रदेशभर १५ जनामा सङ्क्रमण पुष्टि हुँदा २९ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पीसीआर र एन्टिजेन विधिबाट एक हजार ५७० जनाको नमूना परीक्षण गर्दा १५ जनामा सङ्क्रमण पुष्टि भएको हो । पाँच जनामा आरटी पीसीआर र १० जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो ।

पीसीआर विधिमार्फत महाकाली अस्पतालमा तीन र डडेल्धुरा अस्पतालमा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो । एन्टिजेन विधिमार्फत कञ्चनपुरमा छ, कैलाली र बैतडीका दुई/दुई जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै गएको २४ घण्टामा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेल्धुराका ७० वर्षीय पुरुष रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?