काठमाडौं । काठमाडौँको गोंगबु क्षेत्रमा वसोवास गर्ने पूर्व प्रहरी, सेना र सशस्त्र बलका राष्ट्र सेवकहरुसँग शुभकामना आदान प्रदान सम्मान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । महानगरिय प्रहरी प्रभाग गोंगबुको आयोजनामा सो क्षेत्रमा बस्ने पूर्व राष्ट्रसेवकहरु विहिबार अन्तरक्रिया सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल प्रहरीका पूर्व एआइजिपी बमबहादुरभण्डारी, पंकज श्रेष्ठ, पूर्व एसएसपी टिकाराम सिजवाल, पूर्व डिएसपी गोविन्द पाठक, अर्जुन श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
२०१२ सालदेखि हालसम्म प्रहरी, सेना र सशस्त्र प्रहरीबाट निवृत राष्ट्रसेवकहरुलाई शान्ति सुव्यवस्था अपराध नियन्त्रन साथै अन्य सामाजिक क्षेत्र सुधारमा साथै उनिहरुको अनुभब साटासाट गर्ने उद्देश्यका साथ अन्तरक्रिया कार्यक्रम गरिएको प्रभाग प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेलले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया