नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा १६ प्रतिशत लाभांश प्रस्ताव, बोनस कति ?

लोकपथ
112
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश घोषणा गरेको छ ।

बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल १६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
जसमा ११.२४ प्रतिशत बोनस सेयर र ४.७६ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने बैंक सञ्चालक समितिले निर्णय गरेको छ।

नेपाल इन्भेष्टमेन्ट बैंक हिमालयन बैंकसँग मर्जरमा जाने तयारी रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?