काठमाडौं । नेपालीहरुको महान पर्व दशैँ भन्नेबित्तिकै खानपिन, नयाँ लुगा, टीका, दक्षिणा, पिङ, आशीर्वाद आदि बुझिन्छ । तर कोरोना महामारीका कारण अहिले दशैँ मनाउने शैली फेरिएको छ ।
सारा विश्वलाई नै आक्रान्त पारेको कोरोना भाइरसका कारण अहिले स्वास्थ्य मापदण्ड अपनाउँदै चाडपर्व मनाउनुपर्ने अवस्था छ ।
दशैँ नेपालीहरुको महान चाड मात्र होइन कि, चाडपर्वको पनि महान चाड हो । सहरबजार र गाउँघरमा पनि दशैँको रौनक छाइसकेको छ । बजारमा मानिसहरुको अन्य वर्षमा झैँ धेरै भीडभाड नभए पनि चहलपहल भने बाक्लो नै रहेको छ ।
धेरै मानिसहरुको मुखमा मास्क छ । तर कोही यस्ता अटेरी मानिसहरु पनि सहर बजारमा निस्केका छन् जसले न त स्वास्थ्य मपदण्डको पालना गरेका छन् न त मास्क को प्रयाग नै ।
कोही मानिसहरुले चिउँडोमा मास्क लगाएका छन् । कोही मास्क हातमा लिएर निर्धक्क भीडभाडमा हिँडिरहेका छन् ।
इन्द्रचोकमा धेरै मानिसहरु बिनामास्क हिँडिरहेका थिए । तीमध्ये केहीसँग हामीले यस्तो भीडभाडमा मास्क किन नलगाउनुभएको भन्ने प्रश्न गर्दा एक जनाले भने – ‘मलाई कोरोना लाग्दैन । सबै जनाले मास्क लगाएका छन् म एक जनाले नलगाउदा के हुन्छ ?’
यसैबीच हामीले काठमाडौंको असन इन्द्रचोक आसपासका क्षेत्रमा स्वास्थ्य मपदण्डको बेवास्ता गर्ने मानिसहरुलाई फोटोमा कैद गरेका छौँ ।
हेर्नुहोस् तस्बिर :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया