गरिमा विकास बैंकका ग्राहकलाई ‘सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी’ र ‘चितवन प्याराडाइज होटल’मा छुट

लोकपथ
63
Shares

काठमाडाैं । गरिमा विकास बैंकले आफ्ना ग्राहकहरुको थप सुविधाको लागि विभिन्न हस्पिटालिटी सेक्टर, हेल्थ सेक्टर र अन्य सेक्टरहरु सँग छुटसम्बन्धी सम्झौता गर्दै आइरहेको छ ।

यसै सिलसिलामा बैंकले ‘सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी’ र  ‘चितवन प्याराडाईज होटल’ सँग  उनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधामा आकर्षक छुटको लागि सम्झौता गरेको छ ।

बैंकद्वारा जारी विज्ञप्तिअनुसार गरिमा विकास बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले ‘सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी’ र ‘चितवन प्याराडाइज होटल’को शाखाहरुबाट विल भुक्तानी गर्दा रुम र फुड एण्ड वेभरेजमा आकर्षक छुट पाउनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?