काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ७० करोड ५६ लाख खुद नाफा कमाएको छ । बैंकले गत वर्षको तुलनामा यस वर्ष खुद नाफा ८७.७ प्रतिशतले वृद्धि भएको हो । गत वर्ष बैंकले ३७ करोड ५८ लाख खुद नाफा कमाएको थियो ।
बैंकले खुद ब्याज आम्दानीमा पनि गत वर्षको तुलनामा यस वर्ष राम्रो देखिएको छ । गत वर्षको तेस्रो त्रैमासमा ८१ करोडमात्र खुद व्याज आम्दानी गरेको बैंकले चालु त्रैमासमा १ अर्ब ४३ करोड खुद ब्याज आम्दानी गररेको छ ।
साथै बैकले चालू त्रैमासमा २२ करोड ३८ लाख रुपैयाँ राइट ब्याक गरेको छ । बैकले नाफा उल्लेख गर्दा प्रतिशेयर आम्दानी पनि १५.३५ रूपैयाबाट १५.७६ रूपैयामा पुगेको छ ।
बैकको सञ्चालन नाफा पनि ५० करोड ८४ लाखबाट बढेर ८५ करोड २८ लाख ७० हजार पुगेको छ ।
बैकको चुक्ता पुँजी ५ अर्ब ९६ करोड रहेको छ भने जगेडा कोषमा भने २ अर्ब ८१ करोड छ ।
बैकले चालू त्रैमाससम्ममा ६१ अर्ब ८४ करोड निक्षेप संकलन गरेको छ भने ५६ अर्ब ८४ करोड लगानी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया