काठमाडाैं । नेपाल ल्यूब आयल लिमिटेडको ३०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। हाल विद्यमान कोभिड १९ महामारीको बाबजुद पनि कम्पनीले उल्लेखनीय वृद्ध गर्नुको साथै उच्च लाभांश पारित गरेको छ ।
कम्पनीले साधारणसभा मार्फत सेयर धनीहरुलाई ३५ प्रतिशत लाभांश (३० प्रतिशत बाेनस सयर र ५ प्रतिशत नगद लाभांस) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
भर्चुअल तथा स्वयम् उपस्थितिमा सभा सञ्चालन भएको थियो । सभामा अध्यक्ष अरुणकुमार चौधरी तथा सञ्चालक समिति, कम्पनी सचिव, लेखापरीक्षक, व्यवस्थापक समूह र अन्य सेयरधनीहरुको उपस्थिति रहेको थियो।
स्वयम् उपस्थितिबाट ५३.१२ प्रतिशत र भर्चुअल माध्यमबाट २५.४९ प्रतिशत गरी ७८.६ प्रतिशत सहभागी रहेको र उपस्थितहरुबीच दूरी कायमका साथै अन्य स्वास्थ्य मापदण्ड पालना गरी सभा सम्पन्न भएको थियो ।
नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्रीवितरण समेत गर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया