काठमाडौं ।अबदेखि वस्तु तथा सेवा निर्यात गर्दा वस्तु तथा सेवा निर्यात गर्दा ५० लाख डलरसम्मको स्ट्याण्डवाई एलसी खोल्न सकिने भएको छ ।
नेपाल राष्ट्र बैंकले मंगलवार निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले विदेशमा वस्तु निर्यात तथा सेवा प्रदान गर्ने व्यवसायीले अग्रिम भुक्तनीका लागि आवश्यक पर्ने बैंक ग्यारेन्टी ५० करोड अमेरिकी डलरसम्मको स्ट्याण्डवाई लेटर अफ क्रेडिट लिन सक्ने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले वाणिज्य बैंक मार्फत ५० लाख अमेरिकी डलर सम्मको विड वण्ड, परफमेन्स वण्ड वा स्ट्याण्डवाई एलसीको सुविधा लिन सक्ने व्यवस्था गरेको हो ।
राष्ट्रले गरेको यो व्यवस्थाले विदेशमा काम गर्ने ठेगदार कम्पनी लगायतलाई सहज हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया