कैलाली उद्योग वाणिज्य संघको चुनावी सरगर्मी बढ्यो, कसले मार्ला बाजी ?

गगन अयडी

 कैलाली-  उम्मेदवारहरुको नामावली सार्वजनिक गरिएसंगै कैलाली उद्योग वाणिज्य संघको चुनावी सरगर्मी  बढेको छ ।  उम्मेदवारको नामावली सार्वजनिक भएसंगै उम्मेदवारहरुले चुनाव प्रचार प्रसारलाई तीब्रता  दिएका छन् । चुनाव प्रचार प्रसारलाई तीब्र बनाएका अध्यक्ष पदका उम्मेदवारहरु पुष्पराज कुवंर र रुपेश स्वारले अ–आफ्नो  प्यानल विजयी हुने बताईरहेका छन ।

६ हजार २ मतदाता रहेको कैलाली उद्योग वाणिज्य संघको २२ गते निर्वाचनको प्रचार प्रसार तीब्र  पारीएको छ । उम्मेदवारहरुको नामावली सार्वजनीक गरीएसंगै उनीहरुले अ– आफ्नो प्यानको विजय हुने बताईरहेका छन्  ।

अध्यक्ष पदका उम्मेदवार पुष्पराज कुवंरले आफ्नो प्यानलको जित सुनिश्चिम भएको दाबी गरे  । पुर्व अध्यक्षहरुको सर्मथन आफुलाई  भएको बताउदै कुवंरले व्यावसायीहरुको सर्मथन राम्रो भएको बताए  ।
कुवंर प्यानलमा उद्योग उपाध्यक्षमा पुष्करराज ओझा, वाणीज्य उपाध्यक्षमा गगनराज के.सी, वस्तुगत उपाध्यक्षमा शिवराज कुवंर, महासचिवमा ओमबहादुर विष्ट, कोषाध्यक्षमा दिनेश लम्साल र सचिवमा सिद्धराज पनेरु रहेका छन्  । त्यस्तै कुवंर प्यानलका सदस्य पदका उम्मेदवारहरुमा  लक्ष्मण राज पन्त, तिलक चन्द खतिवडा, मिलन कुवंर, मनोज अग्रवाल, धनबहादुर चौधरी, शिवराज सापकोटा  रहेका छन् भने  टोपबहादुर के.सी, केशवराज जोशी, सुरेन्द्र कुमार बोहरा, विन्दु सुनार र गौतम महतोको कुवंर प्यानलबाट सदस्यमा उम्मेदवारी परेको छ ।

 यता अध्यक्ष पदका अर्का आकंक्षी रुपेश स्वारले नौ बर्षको उद्योग बाणीज्य संघमा गरेको  लगानीले जित सुनीचित रहेको दाबी गरे  । कैलाली उद्योग बाणीज्य संघका सदस्य व्यापारीहरु संग नियमित सम्पर्कमा रहेकाले विजयी हुने उनको दाबी थियो  ।

स्वार प्यानलको उद्योग उपाध्यक्षमा गजराज पाण्डे, वाणीज्य उपाध्यक्षमा टेकबहादुर खड्का, वस्तुगत उपाध्यक्षमा अनिलकुमार भुजनिया, महासचिवमा सुरेश पाण्डेय, कोषाध्यक्षमा भिमराज ओझा अबु र सचिवमा सुजितराज शर्माको उम्मेदवारी परेको छ । स्वार प्यानलको सदस्यहरुमा तिलकबहादुर बोहरा, रवि कुवंर, भिमबहादुर शाही, भगतबहादुर थापा, शिव सोब, कमल कडायत, शम्भु लामीछानेको उम्मेदवारी परेको छ । यस्तै मदनराज रेग्मी, रुपेश खड्का, दिपकबहादुर रावल र ओम नारायण महतोको पनि उम्मेदवारी परेको छ । शैलेन्द्र श्रेष्टको सदस्यमा स्वतन्त्र उम्मेदवारी परेको निर्वाचन संयोजक डा. राजेन्द्रबिर चन्दले बताए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?