यस्तो छ आजको विनिमयदर

लोकपथ
266
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवार (आज) का लागि विभिन्न देशको मुद्राको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ८२ पैसा, बिक्रीदर ११९ रुपैयाँ ४२ पैसा रहेको छ ।

त्यसैगरी, यूरोपियन यूरो एकको खरिददर १३७ रुपैयाँ ८१ पैसा र बिक्रीदर १३८ रुपैयाँ ५१ पैसा रहेको छ । साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८४ पैसा कायम भइ कारोबार भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार कतारी रियल एकको खरिददर ३२ रुपैयाँ ६३ पैसा, बिक्रीदर ३२ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । त्यस्तै मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४३ पैसा र बिक्रीदर २८ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?