सबैको लघुवित्तले गर्‍यो बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले बम्पर लाभांश घोषणा गरेको छ ।

संस्थाले आर्थिक वर्ष २०७७/७८ का लागिको मुनाफाबाट आफ्ना सेयरधनीलाई आकर्षण लाभांश घोषणा गरेको हो ।

संस्थाको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल ३२.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसमा ३१.०५ प्रतिशत बोनस सेयर र १.६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन् ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरेपश्चात वितरण गरिने संस्थाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?