महान फुटबल खेलाडी डियागो म्याराडोनाले अल फुजाइराह क्लब छाडेका छन्। म्याराडोना संयुक्त अरब इमिरेट्सको यो क्लबमा गत मे महिनादेखि प्रशिक्षक थिए।
५७ बर्षीय अर्जेन्टिनी भेट्रान म्याराडोना प्रशिक्षक रहेपनि फुजाइराहले युएइमा जारी घरेलु डिभिजन टु कै शीर्ष दुर्इ स्थान हात पार्न सकेको थिएन । शुक्रबारमात्रै खोर्फाकान क्लबसँग अल फुजाइराहले १-१ को बराबरी खेलेको थियो । यो खेलले क्लबलार्इ शीर्ष दुर्इमा पर्ने बाटो समाप्त गरिदिएको छ ।
सन्र २००८ देखि २०१० सम्म अर्जेन्टिनाको राष्ट्रिय टीमको प्रशिक्षक रहेका म्याराडोनाले साे बेला पनि टीमलार्इ फर्ममा ल्याउन सकेका थिएनन् । नेशनल कोचबाट राजीनामा दिएपछि म्याराडोना मध्यपूर्वी राष्ट्रका घरेलु फुटबल क्लबमा प्रशिक्षण दिएरहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया