फेसबुकले गरे सचेतः फेरी हुन सक्छ डेटा लीक जस्तो घटना

एजेन्सी । भविष्यमा डेटा लीक जस्तो घटना सिर्जना हुने भन्दै सोशल नेटवर्किंंग साइट फेसबुकले आफ्नो निवेशलाई सचेत गराएका छन् । फेसबुकले यसबारे अमेरिकी सिक्योरिटीज एण्ड एक्सचेन्ज कमिशनलाई जानकारी दिएका हुन् । 

फेसबुकले चेतावनी दिँदै भनेका छन्, यदी यस्तो घटना सर्वजनिक भए साइटले समेत नोक्सानी बेहोर्नु पर्ने हुन्छ । 

फेसबुकले रिपोर्टमा भनेको छ, डेटाको सुरक्षाका लागी कम्पनीले हर सम्भवका प्रयासहरु गर्दै छ । साथै कन्टेन्ट रिब्यूको लागी धेरै रकम खर्च गर्दै छ । यसो गर्दा डेटाको गलत प्रयोग हुनबाट रोक्न सकिन्छ । फेसबुकले यो पनि भनेका छन् कि कम्पनी आफ्नो तर्फबाट हर प्रकारको प्रयास गर्दैछ । तर, मिडिया वा पार्टीको तर्फबाट यस प्रकारको गतिविधि हुँदै आएका छन् । 

डेटाको गलत प्रयोगले कानूनी समस्या बढ्न सक्छ । साथै आर्थिक नोक्सानी हुन सक्ने सम्भावना रहेको कम्पनीले जारी रिपोर्टमा भनेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?