विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर

लोकपथ
168
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीवार (आज) का लागि विभिन्न देशको मुद्राको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ६७ पैसा, बिक्रीदर १२० रुपैयाँ २७ पैसा रहेको छ ।

त्यसैगरी, यूरोपियन यूरो एकको खरिददर १३८ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७७ पैसा रहेको छ । साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०७ पैसा कायम भइ कारोबार भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार कतारी रियल एकको खरिददर ३२ रुपैयाँ ६४ पैसा, बिक्रीदर ३२ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । त्यस्तै मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ६० पैसा र बिक्रीदर २८ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?