मुम्बर्इ इन्डियन्सले चेन्नार्इ सुपरकिंग्सलार्इ ८ विकेटले हरायो

जारी इण्डियन प्रिमियर लिग (आईपीएल) को अंकतालिकामा शासन गरिरहेको शीर्ष स्थानको चेन्नाई सुपरकिंग्सलाई पुछारबाट तेस्रो स्थानको मुम्बई इण्डियन्सले ८ विकेटले हराएको छ ।

पहिले ब्याटिङ गरेको चेन्नार्इले मुम्बईलार्इ १ सय ७० रनको टार्गेट दिएको थियो । तर, मुम्बर्इले २ बल बाँकी छँदै मात्र दुर्इ विकेट गुमाएर लक्ष्य भेट्टायो । मुम्बईका लागि कप्तान रोहित शर्माले ३३ बलमा ६ चौका र २ छक्काको मद्दतमा ५७ रन बनाउँदै नटआउट रहे ।

मुम्बईलाई अन्तिम दुई ओभरमा २२ रन चाहिएको बेला रोहितले १९ औं ओभरमा चार चौका हानेर टिमलाई जित दिलाए । उनी प्लेयर अफ दी म्याच भए । सूर्यकुमार यादवले ४४ र इभान लेविसले ४७ रन जोडे । हार्दिक पाण्ड्या १३ रनमा नटआउट रहे । यो जितसँगै मुम्बई एक स्थान माथि उक्लिँदै छैटौं स्थानमा पुगेको छ ।

बलिङतर्फ चेन्नाईका हरभजन सिंह र ड्वान ब्राभोले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले सुरेश रैनाको अविजित अर्धशतकको मद्दतमा ५ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो । ४७ बल सामना गरेका रैनाले ६ चौका र ४ छक्का प्रहार गर्दै नटआउट ७५ रन जोडे ।

शेन वाट्सन ११ बलमा १२ रन बनाउँदै पेभेलियन फर्किए । त्यसपछिका व्याट्सम्यान सुरेश रैना र अम्बाटी रायडुले दोस्रो विकेटका लागि ७१ रनको साझेदारी गरेका थिए । रायडुले ४६ रन बनाए । कप्तान महेन्द्रसिंह धोनीले जम्मा २६ रन जोडे ।

मुम्बईका लागि म्याक्लिघन र क्रुनाल पाण्ड्याले समान २ र हार्दिक पाण्ड्याले १ विकेट लिए ।

सातौं खेलमा चेन्नईको यो दोस्रो हार हो । यद्यपि चेन्नाई ७ खेलबाट १० अंकसहित पहिलो स्थानमा कायमै छ । समान खेल खेलेका सनराइजर्स हैदरावाद, किंग्स इलाभेन पन्जाब र कोलकाता नाइट राइडर्स क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन् ।

एक खेल कम खेलेको राजस्थान पाँचौं स्थानमा रहँदा सात खेल खेलेको मुम्बई छैटौं, ६ खेल खेलेको रोयल च्यालेन्जर्स बैंगलोर सातौं र ७ खेल खेलेको दिल्ली डेयरडेभिल्स सबैभन्दा तल आठौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?