‘रोहिंग्या’ लखेटेपछि ‘कचिन’ माथि खनियो म्यानमार सरकार

शैन्य शक्तिका अाडमा हजाराैं अल्पसंख्यक रोहिंग्याको हत्या र लाखाैंलार्इ विस्थापित बनाएको म्यानमार सरकार फेरि अर्को अल्पसंख्यक समुदायमाथि निर्मम दमनमा उत्रिएको छ। 

चीनको सीमा क्षेत्र नजिकै रहेको म्यान्मारको कचिन राज्यका अल्पसंख्यक कचिनहरूमाथि भएको दमनका कारण पछिल्ला तीन हप्तामा मात्रै भफन्डै चार हजार बढि नागरिक विस्थापित बनेको राष्ट्रसंघ मानवीय मामिला समन्वय कार्यालय (अोसीएचए) ले जनाएको छ । 

सरकारले अल्पसंख्यक कोचिनमाथि दमन गर्न थालेपछि त्यहाँ कोचिन विद्रोही समुहले शसस्त्र लडार्इ लडिरहेको छ। सरकार र विद्रोही समूहबीचको झडपका क्रममा म्यानमार प्रशासनले कोचिनका बसोबास रहेका स्थानमा स्थल र हवार्इ अाक्रमण गरेको तथ्य अोसीएचएले सार्वजनिक गरेको छ । 

पछिल्लो हप्ता विस्थापित भएकाको संख्या सोही क्षेत्रमा यसअघि सेनासँग भएका झडपका घटनाका कारण विस्थापित १५ हजार नागरिक र आन्तरिक रूपमा विस्थापित बनी विभिन्न शिविरमा बसेका ९० हजार विस्थापित सर्वसाधारणबाहेकको भएको अोसीएचएका प्रमुख मार्क कट्सले जानकारी दिए । 

सेना र विद्रोहीको झडप भएका इलाकामा अझै कैयौँ सर्वसाधारण फसेका र मानवीय सहयोगको याचना गरिरहेको स्थानीय संघसंस्थाले जनाएका छन् । विस्थापितलार्इ तत्काल सुरक्षाको प्रत्याभूति दिन नसके राज्यले उनीहरूमाथि थप हिंशा गर्न सक्ने राष्ट्रसंघले जनाएको छ ।

ओसिएचएलार्इ प्राप्त रिपोर्टमा कचिन क्षेत्रमा दर्जनाैं सर्वसाधारण हताहत भएको उल्लेख छ । तर, यसबारे म्यानमार प्रशासनले हालसम्म अाधारिक जानकारी सार्वजनिक गरेको छैन । अोसीएचएले पछिल्लो मानवीय संकटको व्यवस्थापन प्रयास गरिरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

नोबल शान्ती पुरस्कार पाएकी म्यानमारकी नेत्रृ अाङ साङ सुकी अाफ्नै दल संलग्न सरकारको पछिल्लो दमनप्रति माैन देखिँदै अाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?