प्रदेशसभा-५ लार्इ प्रधानमन्त्रीले सम्बोधन गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश नं ५ को प्रदेशसभालाई सम्बोधन सम्बोधन गर्ने भएका छन् । नेपालमा संघीयता कार्यान्वयन भएपछि प्रदेशसभालार्इ प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको यो पहिलो पटक हो ।

अोलीले अाजै अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा २५६२ औँ बुद्धजयन्तीका अवसरमा लुम्बिनीमा हुने विशेष समारोहलाई पनि सम्बोधन गर्नेछन् । 

प्रधानमन्त्री ओलीले प्रदेशसभा र प्रदेश सरकार र जनसरोकारका विषयमा सम्बोधन गर्नेछन् । नीति तथा कार्यक्रम र बजेट पास गरेर विकास बजेट कार्यान्वयन तहमा लागेको प्रदेशसभामा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् । 

संसद् सचिवालयका सचिव डा.मानबहादुर विकेले बैठकमा अनिवार्य उपस्थित हुन सबै सदस्यलाई आग्रह गरी सूचना जारी गरेका छन् ।

प्रदेशसभा बैठक यसअघि वैशाख २१ गतेका लागि बोलाइएको भए पनि प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएपछि तीन दिनअघि सूचना टाँसेर आजलाई डाकिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?