हवार्इ दुर्घटनामा ज्यान गुमाउनेको परिवारले अबउप्रान्त कम्तिमा १ लाख १२ हजार अमेरिकी डलरबराबरको बिमा रकम पाउने भएका छन् । ६० बर्षदेखि प्रतिव्यक्ति २० हजार डलरमा मात्रै हवार्इ यात्रु बिमा गर्ने गरिएको छ।
सरकारले हवार्इ यात्रुको बिमा बढाउने मन्ट्रेयल कन्भेन्सनलार्इ अनुमोदन गर्न प्रकृया अघि बढाएपछि बिमा रकमको अाकार ठूलो हुने भएको हो । अार्इकाअोले सन् १९९९ देखि नै अघि बढाएको यो बहुपक्षीय अभिसन्धीमा नेपालले पनि समर्थन जनाउन लागेकाे छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले मन्ट्रेयल अनुमोदन गर्न अावश्यक फार्इल संसदमा पठाउँदै छ ।
यो अभिसन्धीलार्इ संसदले अनुमोदन गरेपछि हवार्इ दुर्घटनामा मृतकका परिवारले कम्तिमा १ लाख १२ हजार १ सय डलर रकम पुनर्बिमा कम्पनीबाट राहत पाउनेछन्। अहिले प्रतिव्यक्ति २० हजार डलर मात्रै पाउने गरेका छन् ।
ठूला देशहरुले वार्सा कन्भेन्सनलाई कार्यान्वयनमा लगेका छन्, जसमा बिमा रकम १ लाख ५० हजार डलर रहेको छ। हाल नेपालले सन १९५५ को हेग प्रोटोकल कार्यान्वयनमा राखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया