वासिङटन (अमेरिका) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दक्षिण कोरियाली राष्ट्रपति मुन जाई–इनसँग शनिबार उत्तर कोरियाली नेता किमसँग भएको कुराकानीबारे जानकारी लिएका छन् ।
ट्रम्पले फोनवार्तापछि लेखेको ट्वीटेका छन् “दक्षिण कोरियाली नेता मुनसँग भर्खरै लामो कुराकानी भएको छ । सबैकुरा राम्रोसँग अघि बढेका छन् । उत्तर कोरियासँग हुने बैठकका लागि समय र स्थान निर्धारण गर्ने काम भैरहेको छ ।” जारी वार्ताका बिषयलाई जानकारी गराउने सन्दर्भमा जापानी प्रधानमन्त्री सिन्जो आवेसँग पनि कुराकानी भएको ट्रम्ले अाफ्नो ट्वीटमा लेखेका छन् ।
Just had a long and very good talk with President Moon of South Korea. Things are going very well, time and location of meeting with North Korea is being set. Also spoke to Prime Minister Abe of Japan to inform him of the ongoing negotiations.
— Donald J. Trump (@realDonaldTrump) April 28, 2018
मुन र उत्तर कोरियाली नेता किम जोङ्ग उनबीच शुक्रबार ऐतिहासिक शिखर वार्ता भएको थियो । शिखर वार्ताका क्रममा स्थायी शान्ती तथा कोरियाली प्रायदीपलाई आणविक हतियारबाट पूर्ण निशस्त्रीकरण गर्ने बिषयमा द्विपक्षीय सहमति भर्इसकेको छ ।
दुई कोरियाली मुलुकमा सन् १९५० मा शुरू भउको करिब तीन वर्षको युद्धपछि युद्धविरामको सहमति भएपनि ६५ वर्षसम्म शान्ति सम्झौता भने हुनसकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया