खाद्य संस्थानले आजदेखि खसीबोका बेच्दै

काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस आज (शानिबार) देखि खसीबोका बिक्री गर्दै छ ।

कम्पनीले दशैंका लागि २ हजार खसीबोका बिक्री गर्दै छ । कम्पनीले करिब ७ करोड रुपैयाँबराबरका खसीबोका बिक्री गर्न लागेको हो ।

शनिबारदेखि खसीबोका बेच्च लागेको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने (सुवेदी)ले बताइन् । उनका अनुसार खसीबोका ल्याएर लामो समय राख्न समस्या हुने भएकाले ल्याउनेबित्तिकै बेच्ने बताइन् । हेटौंडा तथा दाङबाट ५ सय ३० वटा खसी बोका आइसकेका छन् ।

कम्पनीले बजार मूल्यभन्दा १०० रुपैयाँ सस्तोमा खसीबोका बेच्न लागेको छ । मासु बिक्रेता संगठनले जिउँदो खसीबोका ७३० रुपैयाँ प्रतिगोटा मूल्य तोकेको छ ।
उपत्कामा ३८ हजार खपत

यसपालीको दशैँमा काठमाडाँै उपत्यकाका लागि ३८ हजार हजार खसीबोका खपत हुनेभएको छ । दशैँ नजिकिँदै गर्दा खसीबोका तथा भेडाच्यांग्राको खपत बढ्न थालेको हो । पशु सेवा विभाग तथा उत्पादक तथा व्यवसायीको छलफलले काठमाडौं उपत्यकाका खसीबोका खपतको अनुमान गरेको हो । गत वर्षको दशैँमा उपत्यकामा ३० हजार खसी खपत भएको थियो ।

पशु सेवा विभागले उपलब्ध गराएको खसीबोकाको आयातको आँकडा यस्तो छ :-
प्रदेश १ – ११ हजार वटा
प्रदेश २ – ६ हजार वटा
बागमती प्रदेश –१७ हजार ५ सय वटा
गण्डकी प्रदेश–२ हजार ५ सय वटा
लुम्बिनी प्रदेश –७ हजार ५ सय वटा
कर्णाली प्रदेश –७ हजार वटा र
सुदूरपश्चिम प्रदेश – ९ हजार वटा

यस्तो उत्पादन र खपत

नेपालमा वर्ष १ करोड २८ लाख १२ हजारको हाराहारीमा खसीबोका र बाख्रा उत्पादन हुनेगरेको पशु सेवा विभागले जनाएको छ । जसमा ४५ लाख खसीबोका मासुका लागि योग्य हुने विभागको भनाइ छ ।

काठमाडौंमा मात्रै करिब १ हजार २ सय को हाराहारीमा खसीबोका दैनिकजसो काट्ने गरिन्छ । दशैँ सुरु हुनुसाथ थप ३० देखि ५० हजारको हाराहारीमा खपत हुनेछ ।

नेपालमा वार्षिक रुपमा ५ लाख ४९ हजार ३ सय ३२ मेट्रिक टन मासु खपत हुने गरेको छ । जसमा ५ लाख ४८ हजार ९ सय ३४ मेट्रिक टन मासु स्वदेशी उत्पादन हो भने ३ सय ९८ मेट्रिकटन मासु भारतबाट आउने गरेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?