मनसुन बाहिरियो, आज लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा वर्षा हुने

लोकपथ
350
Shares

काठमाडौं । आज देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक – दुई स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै आज राति देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका प्रदेशका एक – दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।

यस वर्षको मनसुन शुक्रवार नै नेपालको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सम्पूर्ण भू–भाग, लुम्बिनी प्रदेशको पश्चिमी भु–भागबाट बहिर्गमन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?